नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, पुरैनीका ५९ वर्षीय पुरुषको शनिबार राती ११ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको जानकारी दिए।

फोकलपर्सन श्रेष्ठका अनुसार, उनको फोक्सो दुवै तर्फ निमोनिया देखिएको थियो। स्वास्थ्य समस्या देखिएपछि भदौ २० गते साँझ अस्पतालमा भर्ना गरिएको थियो। त्यही राती स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको जनाएको छ । गएराती साढे एघार बजे उनको मृत्यु भयो ।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

यसैबीच, आज ४१ जना डिस्चार्ज हुँदैछन्। भदौ २१ गते संक्रमित भएका उनीहरु निको भएर घर जाँदैछन्। डिस्चार्ज हुनेमा करिब एक दर्जन प्रहरी छन्।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्