७९ दिन सत्तामा रहेका क्यानडाका प्रधानमन्त्री जोन टनरको निधन

क्यानडाका पूर्व प्रधानमन्त्री जोन टनर, जो मात्रै ७९ दिन सत्तामा थिए र आफ्नो लिबरल पार्टीलाई सन् १९८४ को चुनावमा ठूलो हारबाट जोगाउन सकेका थिएनन्, उनको ९१ वर्षको उमेरमा निधन भएको छ ।

पेशाले वकिल रहेका उनले सन् १९६८ देखि १९७५ सम्म वित्त मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले पार्टीका नेता पिएर ट्रूडोसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिएका थिए ।

वित्त मन्त्रीबाट राजीनामा दिएपछि ९ वर्षसम्म वकालत गरेका उनी पार्टीको नेतामा विजयी भए । त्यसपछि प्रधानमन्त्री बनेका उनले चुनाव घोषणा गरे तर उनको नेतृत्वमा लिबरल पार्टीले खराब हार बेहोर्न बाध्य भयो । सन् १९८४ को लिबरल पार्टीको हारलाई क्यानडाको इतिहासमा सबैभन्दा खराब चुनावी अभियानको नतिजाका रुपमा लिइन्छ ।

सो चुनावमा त्यसअघिका २१ मध्ये २० वर्ष सत्तामा रहेको लिबरल पार्टी २८२ सदस्यीय हाउस अफ कमन्समा १३५ बाट ४० सिटमा समेटियो । ब्रायन मुलरोनी नेतृत्वको कन्जरभेटिभ पार्टी २११ सिटसहित सत्तामा पुगेको थियो ।

पार्टी नेतृत्वमा कायम रहेका टनरले सन् १९८८ को चुनावमा केही सुधार गरे तर मुलरोनीको कन्जरभेटिभ पार्टीलाई पराजित गर्न भने सकेनन् । सन् १९९० मा उनले लिबरल पार्टीको नेताबाट राजीनामा दिएका थिए ।

कानून मन्त्रीका रुपमा उनले क्यानडाको आपराधिक कानूनमा संशोधन गरी देशमा एलजिबिटी समुदायको अधिकार र गर्भपतनलाई कानूनी मान्यता प्रदान गर्ने मार्ग प्रशस्त गरेका थिए । तर वित्त मन्त्रीका रुपमा उनले विश्वव्यापी रुपमा भएको तेलको कमीका कारण आर्थिक दबाबको सामना गरेका थिए ।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्