अनुराग कश्यपको पक्षमा अभिनेत्री तापसी पन्नु, भनिन्–तिमी मैले चिनेको सबैभन्दा ठूलो महिलावादी हौ

अभिनेत्री पायल घाेषले याैन दुर्व्यवहारकाे आराेप लगाएपछि विवादमा तानिएका बलिउड चलचित्रकर्मी अनुराग कश्यपकाे पक्षमा अभिनेत्रीहरु नै उभिएका छन् ।

अभिनेत्री तापसी पन्नुले अनुराग कश्यप आफूले चिनेकाे सबैभन्दा ठूलाे महिलावादी रहेकाे बताएकी छन्।

उनले लेखेकी छन्, ‘मेरो साथी यो तिम्रो लागि, तिमी मैले थाहा पाएको सबैभन्दा ठूलाे महिलावादी हाै । महिला कति शक्तिशाली र महत्वपूर्ण छन् भन्ने देखाउने तिम्राे अर्काे सृजनासहित चाँडै सेटमा भेटाैँला ।’


तापसीले अनुरागसँग हिँड्दै गरेको तस्बिर राखेकी छन्। अनुराग कश्यपसँग उनले चलचित्र ‘मनमर्जिया’ मा काम गरेकी छिन्।

शनिबार बलिउड अभिनेत्री पायल घोषले अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्। ट्वीटरमा अनुराग कश्यप, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मलाई मेन्सन गरेर घोषले आफूमाथि भएको यौन दूराचारको वास्तविकता थाहा पाउन र सहयोग गरिदिन आग्रह गरेकी छन्।

घोषको ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री कंगना रनौतले ह्यासट्याग मिटु र ह्यासट्याग एरेस्टअनुरागकश्यप मा लेखेकी छन्, ‘हरेक आवाजले महत्व राख्छ। अनुराग कश्यपलाई गिरफ्तार गर।’

अनुरागले ट्वीट मार्फत नै जवाफ दिइसकेका छन्। अनुरागले महिला केन्द्रित चलचित्रकाे हिस्सा बनेर धेरै चलचित्रमा काम गरिसकेका छन्।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्