नेकपा सचिवालय बैठक सकियाे, मन्त्रिपरिषद पुनः गठनबारे छलफल

नेकपाको केन्द्रीय सचिवालय बैठक पेरिसडाँडामा । तस्बिर : नेकपा सचिवालय

काठमाडौँ – सोमबार फेरि बस्ने गरी नेकपा केन्द्रीय सचिवालयको बैठक सकिएको छ।

पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा चारवटा एजेण्डा पेश भइ छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा गत भैदा २६ गते स्थायी समितिले पारित गरेको प्रस्तावलाई कार्यान्वयन गर्न चारवटा एजेण्डा पेश भएको थियो।

श्रेष्ठका अनुसार बैठकमा मन्त्रिपरिषदको पुनर्गठन, संवैधानिक निकाय तथा राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम पूरा गर्ने र विविध एजेण्डा पेश भएका छन्।

आइतबारको बैठकमा मन्त्रिपरिषद पुनः गठनबारे छलफल भएको छ।

बैठकबारे जानकारी दिँदै श्रेष्ठले भने, ‘आज चारवटा एजेण्डा पेश भए। जसमा मन्त्रिपरिषदको पुनर्गठनबारे नीतिगत छलफल मात्रै भएको छ। पुनः गठनका बारेमा विभिन्न कोणबाट सुझाव दिइएको छ।’

आइतबारको बैठकमा व्यक्ति विषयको बारेमा छलफल नभएको उनको दाबी छ। बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्