प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

माेरङ– प्रदेश १ काे मोरङ र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र सुनसरीमा आइतबार भएको दुई फरक घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मोरङको कटहरी गाउँपालिका ७ थलाहामा ४१ वर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको हो। १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमनकुमार तिम्सिनाका अनुसार दिउँसो पौने ३ बजे घरमा काम गरिरहेको अवस्थामा पंखाको तारमा विद्युत सर्ट भएर माझीलाई करेन्ट लागेको थियो।

त्यसैगरि सुनसरीको हरिनगरा ४ का २२ वर्षीय सुशील मेहताको स्थानीय मारिया खोलामा डुबेर मृत्यु भएको छ। विहान करिब ११ बजे पौडी खेल्ने क्रममा मेहता खोलामा डुबेका थिए।

सो घटनाबारे आफन्तले प्रहरीलाई जानकारी गराएका थिए। हाल प्रहरीले दुवै घटनाको कानूनी कारबाही गरिरहेको प्रहरी कार्यालयले जनाएको छ।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्