कोरोना अपडेटः संक्रमित ६४ हजार १२२, निधन ४११, डिस्चार्ज ४६ हजार २३३

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ३, तेह्रथुमका १, पाँचथरका २, भोजपुरका १, मोरङका ६३, सुनसरीका ७, धनुषाका २, पर्साका १४, बाराका १, रौतहटका २६, सप्तरीका ५, सर्लाहीका १०, सिरहाका १८, काठमाडौँका ६०२, काभ्रेका २, चितवनका १५, दोलखाका ४, धादिङका २१, नुवाकोटका १, भक्तपुरका १०१, मकवानपुरका २४ र ललितपुरका ६४ जनामा कोरोन पुष्टि भएको छ।

सिन्धुपाल्चोकका ३, सिन्धुलीका १, कास्कीका ३०, गोरखाका २, तनहुँका १, लमजुङका १८, बागलुङका १, स्याङजाका १, अर्घाखाँचीका १, कपिलवस्तुका १२, गुल्मीका ६, दाङका ३, नवलपरासीका १२, पाल्पाका १२, प्युठानका ११, बर्दियाका ६, बाँकेका ३२, रुपन्देहीका ११३, रोल्पाका १, कालिकोटका १, सुर्खेतका २९, अछामका १०, कैलालीका १२ तथा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ महिला र चार पुरुष छन्। यीमध्ये काठमाडौँ उपत्यकाका मात्रै ६ जना छन्।

धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षीय पुरुष, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ। ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १९० जनाको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु, म्याग्दी, रसुवा र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, चितवन, रुपन्देहीमा र भक्तपुरमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्