ओशो ध्यान आश्रम विराटनगरलाई ५ लाख सहयोग

मोरङ-ओशो साधक एक ब्यक्तिले विराटनगर २ स्थित ओशो ध्यान आश्रमलाई ५ लाख रुपैया आर्थिक सहयोग गरेका छन्।

विराटनगरका डुल्लुराज बस्नेतले आइतबार आश्रम सञ्चालन सहयोगका लागि अक्षयकोष खडा गर्न सो रकम उपलब्ध गराएका हुन्।
बस्नेतले यसअघि गतवर्ष माघमा स्वामी आनन्द अरुणको ध्यान शिविर चलिरहदाँ सहयोग रकमको घोषणा गरेका थिए।

आश्रम सञ्चालनका लागि अक्षयकोष खडा गर्नका लागि बचन दिएअनुसार आफूले रकम आश्रम कार्यसमितिका पदाधिकारीलाई उपलब्ध गराएको बताएका थिए।

आश्रमसँग विषेश लगाव रहेको बताएका उनले ५ लाख रुपैयाको चेक दिने क्रममा आफूपनि ध्यान र साधनासंग जोडिएको बताएका थिए।

विराटनगर आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएकोमा कोरोना संक्रमणको महामारीसंगै ठप्प रहेको छ ।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्