वीरगञ्जमा उपचाररत बाराका कोरोना संक्रमित एक पुरुषको मृत्यु

वीरगञ्ज– कोरोना संक्रमण भएका बाराका एक पुरुषको वीरगञ्जमा आइतबार बिहान मृत्यु भएको छ।

कोरोना संक्रमण पुष्टि भएका बाराको कलैया उप महानगरपालिका–१३ निवासी ६५ वर्षका पुरुषको बिहान ५ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

गत असोज १ गते प्यारालाइसिसको बिरामी भई मिर्गौलामा समेत समस्या देखिएका ती पुरुष उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

अस्पतालमा भर्ना भएकै दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्