कोरोनाबाट पर्साका थप दुईजनाको मृत्यु

वीरगञ्ज– कोरोना संक्रमण भएका पर्साका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुने दुबै जना पर्साको वीरगञ्ज महानगरपालिकाकै रहेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका ७८ वर्षीय पुरुष, वडा नम्बर ६ रेशमकोठी निवासी ८८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

विर्ताका पुरुषमा गएको भदौ ३१ गते कोरोना पुष्टि भएपछि नेशनल मेडिक कलेजद्वारा सञ्चालित बाबा इन्टरनेशनल होटल अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए।

रेशमकोठीका ८८ वर्षीय पुरुषको नारायणी अस्पतालमा ज्यान गएको हो। दमका दीर्घ रोगी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २ गते नारायणी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। उनको मृत्यु पश्चात स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो।

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्