‘सपोर्ट फर निकिशा’ भन्दै लैंगिक अल्पसंख्यकको पक्षमा हस्ताक्षर

काठमाडौँ– टीकटकबाट कलाकार बनेकी निकिशा श्रेष्ठको समर्थनमा हस्ताक्षण संकलन अभियान सुरु भएको छ। युट्यूबर जेम्स श्रेष्ठले युट्यूबमा निकिशा श्रेष्ठको बारेमा प्रतिक्रिया दिएको एउटा भिडियो आपत्ति जनक भएको भन्दै ट्वीटरमा ह्यासट्यागनिकिशाश्रेष्ठमा र गुगल डकुमेन्टमा हस्ताक्षर संकलन अभियान शुरु भएको हो।
टिकटकमा निकिश श्रेष्ठको नाममा खोलिएको आइडी पछि निकिशा श्रेष्ठ भएको थियो। ‘अकाउन्ट होल्डर’ ले नाचेको भिडियो टीकटकमा भाइरल भएपछि उनलाई केही म्यूजिक भिडियोमा नाच्ने अवसर मिलेको थियो।

उनले अभिनय गर्ने, नाच्ने सबै भिडियोहरु महिलाको आवाज र स्वरुपमा हुने भएकोले म्यूजिक भिडियोमा उनलाई महिलाको स्वरुपमा प्रस्तुत गरिएको देख्न सकिन्छ।
टिकटकमा आउने कमेन्ट राम्ररी पढ्न नजानेको र अंग्रेजी नबुझेकोले पछिल्लो समय उनी ट्रोलको शिकार भइरहेका छन्। टिकटकमा निकेश श्रेष्ठबाट निकिशा बनेका उनको स्वरुपमा प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएपछि लैंगिक अल्पसंख्यकलाई नराम्रो व्यवहार गरिएको भन्दै आलोचना हुन थालेका थियो।

क्योर नेपालले ऐक्यबद्धता पत्र जारी गरी उनी नाबालग रहेको र यो हदसम्मको अनलाइन हिंसा र घृणा भोग्दा मानसिक स्वास्थ्यमा असर पर्ने खतरा रहेको उल्लेख गरेको छ। निकिशाको पुरानो नाम र गलत संबोधन बारम्बार प्रयोग गरी उनको यौनिकता र लैंगिक अभिव्यक्तिलाई नकारिएको देखिएको ऐक्यबद्धता पत्रमा उल्लेख छ।

पत्रमा निकिसाको बारेमा यस्ता व्यवहार देखाउनेलाई उत्तरदायी बनाउन यो अभियान चलाएको उल्लेख गरिएको छ।

Posted by Nikisha Shresttha Queen on Sunday, September 20, 2020

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्