रोनाल्डोसहितको गोलमा नयाँ प्रशिक्षक पिर्लोको युभेन्टसले गर्‍यो नयाँ सिजनमा विजयी सुरुवात

च्याम्पियन युभेन्टसले इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।

आइतबार रातिदेखि सुरु भएको सिरी ए फुटबलमा युभेन्टसले घरेलु मैदानमा भएको खेलमा साम्पडोरियालाई ३–० ले पराजित गरेको हो ।

नयाँ प्रशिक्षक आन्द्रेआ पिर्लोले जितबाट जिम्मेवारीको सुरुवात गरे । युभेन्टसको जितमा डेयान कुलुसेभ्स्की, लियोनार्दो बोनुची र क्रिष्टियानो रोनाल्डोल गोल गरे ।

रोनाल्डोको सहयोगमा १३ औँ मिनेटमा कुलुसेभ्स्कीले गोल गरी युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । ७८ औँ मिनेटमा बोनुचीले गोल गरी टिमको अग्रता दोब्बर पारे ।

८८ औँ मिनेटमा आरोन रामसीको सहयोगमा रोनाल्डोले गोल गरेपछि नयाँ प्रशिक्षक पिर्लोको टिम युभेन्टसले ३–० को जित दर्ता गरेको हो ।

सिरी ए अन्तर्गत आइतबार राति भएका अरु खेलमा नापोलीले पार्मालाई २–०, जेनोआले क्रोतोनीलाई ४–१ ले पराजित गरे भने सासुओलो र काग्लिएरीले १–१ को बराबरी गरी अंक बाँडेका छन् ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्