विद्यालयका आधारभूत तहमा आचरण सिकाउँदै विर्तामोड नगरपालिका

झापाकेही दिन अघि झापाको विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी भन्दै थिए, ‘हाम्रा बाल बच्चाले ठूला-बडा भनेका को हुन्उनीहरूलाई कसरी सम्मान दिनुपर्ने भन्ने कुरा बिर्सिन थाले।

उनी नगरपालिकाले आधारभूत तहका विद्यार्थीका लागि तयार पारेको आचरण सचेतना शिक्षा पाठ्य पुस्तकको विमोचन कार्यक्रममा बोल्दै थिए।

उनले भने, ‘हाम्रा बाल बच्चालाई आचरणका बारेमा अब शिक्षा दिइएन भने हाम्रो समाज भयानक तरिकाले भत्किने निश्चित छ।

अहिलेको बाल बच्चामा देखिएको यो किसिमको समस्यालाई निराकरण गर्ने उद्धेश्यले नगरपालिकाले गत शैक्षिक सत्रदेखि कक्षा ३ देखि कक्षा ८ सम्मका लागि भन्दै आचरण सचेतना शिक्षा पढाउँदै आएको छ।

गत वर्ष कक्षा ३ र ४ मा सुरु गरिएको उक्त पाठ्य पुस्तक पढाउने काम यो वर्ष कक्षा ५ र ६ मा गरिने छ। आगामी शैक्षिक वर्षमा कक्षा ७ र ८ मा पनि उक्त विषय पढाई हुने नगरपालिकाका शिक्षाका शाखाका प्रमुख तीलचन भण्डारीले जानकारी दिए।

आधारभूतस्तरका विद्यार्थीलाई आचरण सिकाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले आचरण सचेतना शिक्षा पाठ्यक्रम तयार पारेकाे उनले जानकारी दिए।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शिवाकोटीले धेरै विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने कामका बारेमा जानकारी नभएको बताए। उनले भने, ‘स्थानीय सरकार कुन हो भनेर सोध्दा जान्दैन। अनि पछि कसरी गरि खान्छ?’

यस्ता कुराको जानकारी बेलैमा दिनुपर्ने उनको भनाइ थियो।

उक्त पाठ्य पुस्तकमा गैर कानुनी काम कतै भए कता उजुरी गर्नेसहयोग गर्ने बानीको विकास गर्नेसामाजिक अपराधमितव्ययी कसरी बन्नेसकारात्मक सोचको विकास कसरी गर्नेराजनीतिसरसफाईसन्तुलित भोजनविर्तामोडबारे जानकारीसूचना तथा प्रविधि आदि विषय समावेश गरिएका छन्। 

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्