दुई भारतीयसहित थप पाँचजनामा कोरोना संक्रमण

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा दुई जना भारतीयसहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालको प्रयोगशालामा १ सय ९२ जनाको स्वाब परीक्षण गरिएकोमा दुई भारतीयसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमण देखिनेमा ३८ वर्षदेखि ५९ वर्ष उमेर समूहका पाँचैजना पुरुषहरु रहेका छन्।

४१ र ५८ वर्षका दुई भारतीय नागरिक, सर्लाही, बारा र पर्साका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो।

पर्सा जिल्लाबाट एक सय ७७ वटा स्वाब संकलन गरि परीक्षण गरिएकोमा एक जनामा मात्रै संक्रमण देखिएको हो।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्