लखनऊमा बसलाई ट्रकले ठक्कर दिँदा दर्जनबढी घाइते

आगरा- लखनऊ एक्सप्रेस वेमा सोमबार बसलाई ट्रकले ठक्कर दिँदा दर्जनबढी घाइते भएका छन्।

राजस्थानदेखि बिहार जाँदै गरेको बसलाई ट्रकलाई ठक्कर दिँदा दर्जनबढी घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

घाइते भएका उनीहरुलाइ एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको छ भने ट्रक ड्राइभरको खोजी भइरहेको छ।

फिरत्तजावादका थाना नगला क्षेत्रको खम्बा न‌ं ६६ नजिकै बिहार जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिएको हो ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्