यस्तो छ कोरोना संक्रमणको पछिल्लो विश्व तथ्याङ्क

विश्वभर हालसम्म ३ करोड १२ लाख ४३ हजार ३३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ लाख ६५ हजार १०३ पुगेको छ भने संक्रमणबाट निको हुनेको संख्या पनि २ करोड २८ लाख ३५ हजार ६३२ पुगेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ७० लाख ४ हजार ७६८ पुगेको छ।

त्यहाँ ज्यान गुमाउनेको संख्या पनि २ लाख ४ हजार १ सय १८ छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ५४ लाख ८७ हजार ५८० जना संक्रमित भएकोमा ८७ हजार ९०९ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा ब्राजिल रहेको छ। त्यहाँ ४५ लाख ४४ हजार ६२९ जनामा संक्रमण भएकोमा १ लाख ३६ हजार ८९५ भन्दा धेरैको ज्यान गएको छ।

रुसमा ११ लाख ३ हजार ३९९ जना संक्रमित भएका छन् भने १९ हजार ४१८ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ६ लाख ५९ हजार ३३४ संक्रमित भएकोमा ३० हजार ४९५ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ९४ हजार २५७ संक्रमित भएकोमा ४१ हजार ७७७ जनाको मृत्यु भइसकेको छ।

पेरुमा संक्रमितको संख्या ७ लाख ६८ हजार ८९५ छ भने ३१ हजार ३६९ जनाको मृत्यु भइसकेको छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्