फोटो फिचर

झरीकै बीच त्रिभूवन विमानस्थलमा यात्रुको चहलपहल

तस्बिरहरु: रविन आचार्य/सुलभ श्रेष्ठ

काठमाडौँ – कोरोना भाइरसको संक्रमण रोकथामका लागि देशभर लागु गरिएको लकडाउनको ६ महिनापछि सोमबारबाट आन्तरिक उडानहरु सुरु भएका छन्।

सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै ६ महिनादेखि आन्तरिक उडान ठप्प थियो।तर साेमबारदेखि आन्तरिक उडान सुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ।

सरकारले आधा सिट क्षमतामा मात्रै विमान चलाउन भनेको थियो। एयरलायन्सहरुले त्यसको विरोध गरेका थिए।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ।

विमान सेवा प्रयोग गर्ने यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने व्यवस्था गरिएको छ। नयाँ व्यवस्था अनुसार उडान सयम भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने छ।

सोमबार दिउँसो झरीकै बीच विमानस्थलमा यात्रुहरुको बाक्लो चहल पहल छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्