११६ वर्षपछि भक्तपुर अस्पतालमा आइसीयू सेवा सुरु

भक्तपुर अस्पताल। फाइल फोटो।

काठमाडौँ-भक्तपुर अस्पताल स्थापना भएको १ सय १६ वर्ष पछि सघन (आइसीयू) उपचार सेवा सुरु भएको छ।

जटिल रोग तथा शल्यक्रिया पछि उपचार गर्नु पर्ने बिरामीका लागि आइसीयू अत्याआवश्यक भएका कारण अस्पतालले आइसीयू सेवा अञ्चालनमा ल्याएको हो।

केही वर्षौदेखि प्रयोगमा नआएका आइसीयूका भेण्टिलेटर सहितका उपकरण सहित बाग्मति प्रदेश सरकारले पठाएको सामाग्रीबाट आइसीयू सेवा गत बिहीबारदेखि पहिलो पटक सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ।

सरकारले अस्पताललाई कोरोना हव अस्पताल तोकेपछि पाँच वटा भेन्टिलेटरसहित ६ शैय्याको आइसीयू, संक्रमितका लागि १६ श्ययाको आइसोलेशन, १० श्ययाको कोरोना भाइरसका सामान्य बिरामी राख्ने आइसोलेशन तयार गरी सेवा सुरु गरेको गरिएका थियो।

अहिले आइसीयूका लागि थप एक श्यया र दुईवटा भेण्टिलेटर प्रदेश सरकारको आर्थिक सहयोगबाट जडान गरिएको छ।

अस्पताल आएका कुनै पनि बिरामी उपचार नपाइ फर्किनु नपरोस् भन्ने हेतुले अस्पतालले २४ सैँ घण्टा सेवा दिदै आइरहेको जनाएको छ।
योसँगै अस्पतालले औषधि खरिदामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्