कोरोना अपडेट: संक्रमित ६५ हजार २७६, निधन ४२७ जना, डिस्चार्ज ४७ हजार २३८

काठमाडौँ- नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको छ भने मृत्यु हुनेको संख्या ४२७ जना पुगेको छ।

यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ भने सोमबार १ हनार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

यस्तै सतोमबार मात्रै देशभर ११५४ जनामा कोरोना स‌ंक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, झापाका २, मोरङका १०७, सुनसरीका ११, धनुषाका २ जना स‌ंक्रमित रहेका छन् भने पर्साका ५, बाराका १, महोत्तरीका १४, रौतहटका २९, सप्तरीका ४७, सर्लाहीका ७, सिरहाका ४ जना स‌ंक्रमित रहेका छन्।

यस्तै काठमाडौँका ५३८, काभ्रेका १०, दोलखाका ३, धादिङका ६, नुवाकोटका ५, भक्तपुरका ७४, मकवानपुरका ३, ललितपुरका ६२, सिन्धुपाल्चोकका १, सिन्धुलीका २, कास्कीका १८, नवलपरासी पुर्वका २, पर्वतका १, अर्घाखाँचीका ७, कपिलवस्तुका ९, नवलपरासीका २४, पाल्पाका ४, प्युठानका ७, बाँकेका १०, रुकुमवुर्वका ९, सुर्खेतका २८, अछामका ३, कञ्चनपुरका ७, कैलालीका ३७, डढेलधुराका ४, डोटीका १, बझाङका १६, बाजुराका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सोमबार १ हनार ५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ। हाल ७ हजार ४ सय ३ जना क्वारेन्टिनमा छन्।

यस्तै संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६९, प्रदेश नम्बर २ मा ८ सय २५, बागमती प्रदेशमा ५ हजार २ सय १८ र गण्डकी प्रदेशमा ६ सय ५४ जना संक्रमित रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन्।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय १५, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजा ९ सय ६१ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ७ सय ५९, कर्णाली प्रदेशमा १ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १९६ जनाको आईसीयुमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्।

यसैगरी मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्