सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५३ जनामा संक्रमण पुष्टि

धनगढी-सोमबार सुदूरपश्चिम प्रदेशमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशका धनगढी, डडेल्धुरा र डोटीमा रहेका प्रयोगशालामा गरिएको परिक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा तीन सय ८ जनाको कोरोना परीक्षण गरीएकोमा कैलालीका २६, कञ्चनपुरका ५ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ।

बिज्ञप्ती अनुसार सुर्नाया-४ बैतडीका एक महिला, धनगढी उप-महानगरपालिका वडा नम्वर १ का एक जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३ का ६ जना, वडा नम्वर १२ का दुई जना, वडा नम्वर १७ का दुई जना, वडा नम्वर १९ का एक जनामा संक्रमण पुष्टि भएको छ।

घोडाघोडी नगरपालिका वडा नम्वर १ का ६ जना, भजनी नगरपालिका वडा नम्वर ३ का एक जना, गोदावरी नगरपालिकाका तीन जना, कैलारी गाउँपालिकाका दुई जना, कृष्णपुर नगरपालिका वडा नम्वर ७ का एक जना, महाकाली नगरपालिका वडा नम्वर ६ का एक जना, पुनरवास नगरपालिकाका दुई जना, बेदकोट नगरपालिका वडा नम्वर ५ का एक जनामा संक्रमण पुष्टि भएको बिज्ञप्तीमा उल्लेख छ।

सोमबार नै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ८ जनाको कोरोना परीक्षण भएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो।

प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बझाङका १६ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिकाका चार जना, बझाङको जयपृथ्वी नगरपालिकाका सात जना, केदारस्यू गाउँपालिकाका चार जना, मष्टा गाउँपालिकाका तीन जना, वित्थडचिर र छव्विसपाथिभेरा गाउँपालिकाका एक-एक जनामा संक्रमण पुष्टि भएको छ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा एक जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले रामारोशन गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको बताए।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्