महाधिवेशन सार्ने निर्णय गर्न कांग्रेस बैठक असोज १९ गते बस्ने

फाइल तस्बिर

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय कार्य समितिको बैठक असोज १९ गते पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

पार्टीको १४औं महाधिवेशन सार्ने औपचारिक निर्णय लिन सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाइका हुन्।

कांग्रेसको महाधिवेशन आउँदो फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने भनिए पनि तयारी नभएका कारण अब त्यो बेला महाधिवेशन नहुने निश्चित भइसकेको छ।

कांग्रेसले महाधिवेशनका लागि निर्धारण गरेको कार्यतालिका प्रभावित भइसकको अवस्थामा अब फागुनमा महाधिवेशन नहुने निश्चित भएको नेताहरु बताउँन थालेका छन्।

विधानअनुसार महाधिवेशनको ६ महिनाअघि क्रियाशिल सदस्यता टुंगो लगाइ सक्नुपर्ने हुँदा साउनभित्र क्रियाशित सदस्यता अन्तिम गरिसक्ने भनिए पनि असोज लागि सक्दासमेत कुनै पनि जिल्लाले सकेको छैन।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, ललितपुरमा बस्ने भएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

पौडेलले बैठकमा भाग लिन १५ गते पार्टी कार्यालयमै कोराना संक्रमण परिक्षण गर्न स्वास संकलन गरिने जानकारी दिए।

उनले उक्त दिन विहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई स्वाव दिन केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्