‘डिसहोम’ले ल्यायो दसैँ डबल धमाका अफर

काठमाडौँ-डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोम मा डिलर दाइको डिस्काउट’अफरलाई दशैंमा निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ।

उक्त अफरमा डिलरदाई मार्फत ‘फण्ड ट्रान्सफर’ बाट बार्षिक रिचार्ज गर्दा ‘व्कली लक्की ड्रामा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा ‘व्कली लक्की ड्र’मा डबल मौका प्राप्त हुनेछ।

हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति एक’÷ एक लाख नगद उपहार यस अफर मार्पmत जित्ने कम्पनीले जनाएको छ।

उक्त अफरका बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको CAS IDको आधारमा गरिने छ भने हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुने कम्पनीले जानकारी दिएको छ।
अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्