धरानमा कोरोना संक्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु

मोरङ-धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार झापाकी ७२ वर्षीया र सुनसरीकी ४९ वर्षीया दुई जना महिलाको मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा मेचीनगर ८ की महिलालाई असोज ४ गते कनकाई अस्पताल झापाबाट श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको देखिएपछि प्रतिष्ठानमा भर्ना गरिएको थियो।

उनको सोही दिन प्रतिष्ठानको ल्याबमा स्वाब नमूना परिक्षण गरिएको र पोजिटिभ रिपोर्ट आएको उनले बताए ।

महिलाको मृत्यु आइतबार राती ९ बजेर २० मिनेटमा भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

त्यसैगरि, सुनसरीको इनरुवा नगरपालिका ४ की ४९ वर्षीया महिलाको सोमबार विहान २ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानको मेडिसिन वार्डबाट उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्यासँगै महिलालाई कोभिड १९ अस्पतालमा भर्ना गरिएको हो।

मृगौलाको समस्या भई डाइलाइसिस हुने गरेको महिलाको भदौ १ गते कोरोना पुष्टि भएको थियो। महिलाको स्वाब नमूना प्रतिष्ठानकै ल्याबमा परिक्षण गरिएको थियो।

यससंगै प्रदेशमा हालसम्म ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमा १७ महिला र ३९ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्