प्रदेश-१ मा १ सय १९ संक्रमित थपिए, ३ जनाको मृत्यु

मोरङ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार ताप्लेजुङ, सुनसरी र झापाका समान १ महिलाको उपचारका क्रममा मृत्यु भएको हो। यससंगै प्रदेशमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

त्यसैगरि, सोमबार प्रदेशभर १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। मोरंगमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका समान १ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकामा ९७ जनामा संक्रमण थपिएका छन्। संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् ।

मोरङगको कटहरी गाँउपालिकामा २ महिला ४ पुरुष, ग्रामथान गाँउपालिकामा १ महिला र बुढीगंगा गाँउपालिकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

सुनसरीको धरान उपमहानगरपालिकामा ५ महिला ४ पुरुष, झापाको विर्तामोड नगरपालिकामा १ पुरुष, मेचीनगर नगरपालिकामा १ महिला, उदयपुरको त्रियुगा नगरपालिका र संखुवासभाको चैनपुर नगरपालिकामा समान १ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ ।

अर्कोतर्फ, प्रदेशमा १६ जना निको भएर डिस्चार्ज भएका छन्। विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १०, विराटनगरको कालिसदन आईसोलेसन, र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाई नगरपालिकाबाट समान ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् ।

असोज ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्