नोभाक जोकोविचले जिते कीर्तिमानी ३६ औँ उपाधि

विश्व नम्बर एक नोभाक जोकोविचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। सर्बियन खेलाडी जोकोविचले कीर्तिमानी ३६ औँ पटक मास्टर्स उपाधि जितेका हुन् ।

युएस ओपन टेनिसका भुलबस बलले खेलपदाधिकारीलाई हिर्काएपछि अयोग्य घोषित भएका जोकोविचले इटालियन ओपनको फाइनलमा डिएगो स्वार्ट्ज्मनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

३३ वर्षका जोकोविचले गएको महिना वेस्टर्न एण्ड साउथर्न ओपनको उपाधि जितेर मास्टर्स उपाधिमा राफायल नाडालको कीर्तिमानसँग बराबरी गरेका थिए । इटालियन ओपनको उपाधि जितेर उनले कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

असोज ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्