भेरी अस्पतालका मेसु डा. प्रकाश थापालाई कोरोना संक्रमण

भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा।

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डा. थापाले सोमबार ज्वरो आएपछि कोरोना परीक्षण गरेका थिए। त्यसको रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ। कोरोनाविरुद्धको अभियानमा शुरुवातदेखि नै खटिएका डा. थापालाई असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले विभूषितसमेत गरेको थियो।

यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप २९ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकाहरु बाँके र बर्दियाका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कारोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार २९ जनामध्ये १३ जना बाँकेका र  १६ जना बर्दिया जिल्लाका हुन्। उनीहरु बर्दियाको बाराबर्दिया, गुलरिया, बढैयाताल र राजापुर नगरपालिकाका हुन्।

असोज ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्