कोरोना संक्रमित क्याप्टेन विजय लामा भन्छन्, ‘निको भएर विदेशमा भएकालाई नेपाल फर्काउनेछु’

काठमाडौँ– कोरोना भाइरस संक्रमण भएका नेपाल एयरलाइन्सका क्याप्टेन तथा कलाकार विजय लामाले स्वास्थ्य राम्रो रहेको जानकारी दिएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस राख्दै उनले आफूमा संक्रमणको मात्रा पनि घटेको बताएका छन्।

उनलाई उपचारका लागि स्टार अस्पतालमा राखिएको छ। खाना राम्ररी रुचेको, कमजोरीपनको महशुस नभएको, राम्रो निन्द्रा लागको पनि जानकारी दिएका छन्।

अस्पताललाई धन्यवाद दिँदै उनी अगाडि लेख्छन्, ‘एकदमै जटिल अवस्थाबाट पार भै पुन स्वस्थ बन्दै छु। अबको केही दिन पछि डिस्चार्ज हुने आशा राखेको छु। मेरो बिनम्र अनुरोध सबैमा. बिन्ति यो कोभिडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै न चुक्नु होला ! यो सामान्य रोग होइन ! यसले ज्यान लिन सक्छ।’

उनले स्टेटसमा चाँडै निको भएर उडान भर्ने र विदेशमा भएका नेपालीहरुलाई नेपाल फर्काउने बाचा गरेका छन्।

असोज ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्