फोटो फिचर

प्रतिकुल मौसमबीच डा. केसीको समर्थनमा युवाहरुको प्रदर्शन

काठमाडौँ – मेडिकल शिक्षा सुधारको माग राखेर १९ औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा युवाहरुले बुधबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन्।

काठमाडौँको त्रिचन्द्र कलेज अगाडि युवाहरुले डा. केसीको समर्थनमा प्रदर्शन गरेका हुन्।

उनीहरुले डा. केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । डा. केसी १९ औँ सत्याग्रहमा बसेको बुधबार १० दिन भइसकेको छ। तर सरकारले उनको अनशनबारे कुनै वास्ता गरेको छैन।

जुम्लामा अनशन बसेका डा. केसीलाई मंगलबार काठमाडौँ ल्याएको थियो। उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसेका छन्। यसअघि मंगलबार जबरजस्ती उनलाई प्रहरीले ट्रमा लगेपनि त्यसको केही घण्टामै डिस्चार्ज गरिएको थियो।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्