गाउँमै पञ्चायती बसेर मिलाउन खोजिएको बालिका बलात्कारको घटना प्रहरी समक्ष पुग्यो

साङ्केतिक तस्बिर।

पर्सा-गाउँमै पञ्चायती बसेर मिलाउन खोजिएको १२ वर्षीय एक बालिकालाई बलात्कार गरिएको घटना प्रहरी समक्ष पुगेको छ।बाराको सुवर्ण गाउँपालिका ५ ओरैया टोलमा भएको बालिका बालात्कारको घटना दुई दिनपछि प्रहरी समक्ष पुगेको हो।

गत असोज १ गते ओरैया टोलकी एक १२ बर्षकी बालिकालाई सोही स्थानका २६ बर्षका युवकले बालात्कार गरेका थिए।साँझ ७ बजेतिर गाउँमै रहेको एक फुसको घरमा लगेर ती युवकले बालिकालाई बालात्कार गरेका थिए।

बालिकालाई बालात्कृत भएपछि उक्त घटना गाउँमै मिलाउन खोजिएको थियो।जसका लागि गाउँमै पञ्चायती पनि बसेको थियो।तर,पिडीत पक्षले नमानेपछि घटना भएको दुई दिनपछि प्रहरी कहाँ घटना पुगेको हो।

असोज ३ गते पिडीत बालिकाका अभिभावकले घटना भएको भन्दै एक जनाबिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।

उजुरी दर्ता गरि घटनामा सँलगन रहेका युवकको खोजी गर्ने कार्य तथा घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको मिश्रले बताए।‘घटना गएको असोज १ गते साँझको हो ,तर प्रहरीलाई जानकारी पनि नगराइएकोले हामी कहाँ पीडित पक्षले उजुरी गर्न आएपछि थाहा भएको हो ,मिश्रले भने,उजुरी दर्ता गरि घटनामा सँलगन रहेका युवकको हामीले खोजी गर्नूका साथै थप अनुसन्धान पनि गरिरहेका छौ।

’तराई मधेसमा बालात्कारका घटनाहरु गाउँमै मिलाउन खोजिएको थुप्रै उदाहरणहरु छन्।केही दिन पहिले मात्रै सप्तरीको डाकनेश्वरी नगरपालिका ७ की १७ वर्षीया किशोरीले बलात्कृत भएपछि गाउँमै पञ्चायती बसेर मिलाउन खोजिएको थियो।

पञ्चायतले बालात्कारको उजुरी गर्न नदिएपछि ती किशोरीले आत्म हत्या नै गरेकी थिइन्।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्