२२ जना बालबालिकाको मुन्द्रा चोर्ने ‘चोर’ तर साथमा ६८० रुपैयाँ र नोकिया मोबाइल

काठमाडौं- उपत्यकाका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा बालबालिकाका मुन्द्रा चोर्ने गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। म्याग्दी घर भएकी ३२ वर्षीया संगिता क्षेत्रीलाई बौद्ध प्रहरी वृतले पक्राउ गरेको हो।

बालबालिकाका मुन्द्रा चोरीका विभिन्न २२ वटा घटनामा संगिताको संलग्नता रहेको प्रहरीको दावी छ।  प्रहरीले ती महिलाको साथबाट सुन भने बरामद गरेको छैन, ६८० रुपैयाँ र एउटा नोकिया मोबाइल मात्र फेला पारेको छ।

क्षेत्रीले बालबालिकालाई फकाएर उनिहरुका मुन्द्रा चोर्ने गरेको प्रहरीको दावी छ। प्रहरीले क्षेत्रीले चोरेको सुन किनेको आरोपमा ललितपुरको सौगलस्थित एक सुन पसलका सन्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय मुरली विक छन्। विकमाथी बिल नभएका मुन्द्रा किनेर चोरीमा सहयोग गरेको आरोप लागेको छ।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्