प्रदेश-२ मा ३७ नयाँ संक्रमित थपिए, ६३ जना डिस्चार्ज

जनकपुरधाम- प्रदेश २ मा थप ३७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

यससँगै कोरोना संक्रमितको संख्या १३ हजार १ सय ८ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरी र सर्लाहीमा १५÷१५ जना, सिरहामा ६ र धनुषामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ७ महिला र ३ पुरुष गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै डाक्नेश्वरी नगरपालिकामा १, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा स्वाब संकलन भएका भिमदलका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सर्लाहीको मलङ्गवा नगरपालिकामा ५, बेल्हीमा १, कौडेना गाउँपालिकामा १, हरिवन नगरपालिकामा २, चन्द्रनगर गाउँपालिकामा १, ब्रम्हपुरी गाउँपालिकामा १, विष्णु गाउँपालिकामा १, हरिपुर नगरपालिकामा १, बागमती नगरपालिकामा १ र लालबन्दी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सिरहाको लहानको पशुपति मा.वि.मा स्वाब संकलन भएको लहान नगरपालिकाका ४ जना, महेन्द्र गेनाई स्मृति अस्पताल धनगढीमाईमा स्वाब संकलन भएका सिरहा नगरपालिकाका १ जना र औरही गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने धनुषाको धमौरामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ महिला र ५६ पुरुष गरी ६३ जना कोरोना संक्रमित निको भएर आफ्नो घर फर्केका छन् । यस सँगै कोरोनाबाट निको हुनेको संख्या ७ हजार १ सय ८२ पुगेको छ।

आज सिरहामा ४९ जना, पर्सामा ५, बारामा ४, महोत्तरी र रौतहटमा २÷२ जना र सप्तरीमा १ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् । ्

त्यस्तै आज यस प्रदेशमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको औरही गाउँपालिका वडा नं. ३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

यस सँगै मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ । मृत्यु हुनेमा १ सय ४ पुरुष र १९ महिला रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी पर्सामा ४२ जना, बारामा १८, धनुषामा १५, महोत्तरीमा १३, सिरहामा १२, सप्तरीमा ११, रौतहटमा ६, सर्लाहीमा ५ र १ भारतीय नागरिकको कोरोना संक्रमण बाट मृत्यु भएको छ ।

यस प्रदेशमा हाल ५ हजार ८ सय ३ जना सक्रिय संक्रमित रहेका छन्।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्