बुहारीमाथि जबर्जस्ती गर्ने ससुरा पक्राउ

सांकेतिक तस्बिर।

भोजपुर-आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्।

प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ।

प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्