आईपीएलः टस जितेर बलिङ गर्दै कोलकत्ता, व्याटिङमा मुम्बई

१३ औँ इण्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीचको खेल सुरु भएको छ। कोलकत्ताले टस जितेर फिल्डिङ रोजेपछि मुम्बईले व्याटिङ थालेको छ।

दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्तामा इयोन मोर्गन, प्याट कमिन्स, आन्द्र रसेल, सुनिल नरेन लगायतका विदेशी खेलाडी रहेका छन्।

यस्तै रोहित शर्माको कप्तानीमा रहेको मुम्बईमा क्वीन्टिन डी कक, किरोन पोलार्ड, जेम्स प्याटिन्सन, ट्रेन्ट बोल्ट लगायतका विदेशी खेलाडी रहेका छन्।

जारी आइपीएलमा यो कोलकत्ताको पहिले खेल हो भने मुम्बईको दोस्रो खेल हो। मुम्बई आफ्नो पहिले खेलमा चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्