चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

रसुवागढी/फाइल तस्बिर।

नुवाकोट-रसुवागढी नाकाबाट बुधबार अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।

चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन्।

आयात भएका ती सामग्रीको भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए।

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्