कोरोना सङ्क्रमणबाट सिरहामा थप एक पुरुषको मृत्यु

सिरहा-कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक पुरुषको मृत्यु भएको छ।

कोरोना सङ्क्रमण भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका-१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो।

गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार मस्तिष्काघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो।

त्यहाँ कोरोना परीक्षण गर्दा मङ्गलबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि नलाई थप उपचारका लागि बिपी कोइराला प्रतिष्ठानमा रेफर गरिएको थियो।

त्यहाँ उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य प्रमुख कर्णले बताउनुभयो । यससँगै कोरोना सङ्कमणबाट सिरहामा मृत्यु हुने १२ जना पुगेका छन्।

असोज ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्