अनुराग कश्यपविरुद्ध बलात्कारसहितका अभियोगमा उजुरी दर्ता

अभिनेत्री पायल घोषको उजुरीमा मुम्बई प्रहरीले बलिउड चलचित्रकर्मी अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहारको एफआइआर दर्ता गरेको छ ।

पायल घोषले अनुरागमाथि सन् २०१३ मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्।

अनुरागले आफूमाथि लागेको आरोप ‘आधारहीन’ भनि खारेज गरेका छन्।

वर्सोेवा प्रहरी चौकीमा अनुराग कश्यपविरुद्ध उजुरी दर्ता भएको हो । भारतीय दण्ड संहिताको धारा ३७६ (बलात्कार), धारा ३५४ (महिलाको गरिमा भंग गर्ने उद्देश्यले गरिएको आक्रमण), धारा ३४१ (गलत तरिकाबाट अंकुश लगाउनु) र धारा ३४२ (गलत गरिकाले बन्दी बनाउनु) अनुसार उजुरी दर्ता भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुसन्धान जारी रहेको र अनुराग कश्यपलाई सोधपुछका लागि बोलाइने ती प्रहरी अधिकारीले बताएका छन्।

यारी रोड स्थित एक स्थानमा सन् २०१३ मा अनुराग कश्यपले आफूमाथि बलात्कार गरेको पायल घोषको आरोप छ । गएको शनिबार घोषले ट्वीट गरेर कश्यपमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्