भेट्रान रिपब्लिकन जोन म्याकेनकी श्रीमतीको समर्थन जो बाइडेनलाई, ट्रम्पले पुनः साँधे निशाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत जोन म्याकेनलाई पुनः निशाना बनाएका छन्। उनकी विधवा सिन्डी म्याकेनले आउँदो राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरेपछि ट्रम्प आक्रमणका उत्रिएका हुन् ।
सिन्डी म्याकेनले ट्वीट मार्फत आउँदो चुनावमा आफू रिपब्लिकन भएर पनि डेमोक्र्याटिक उम्मेदवार बाइडेनलाई समर्थन गर्ने घोषणा गरेकी थिइन् ।
पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन मात्रै ‘देशका रुपमा हाम्रो मूल्य मान्यतामा उभिने भएकाले मैले उनलाई समर्थन गरेकी हुँ’ सिन्डी म्याकेनले ट्वीटमा लेखेकी छन् ।
ट्रम्पले त्यसपछि ट्वीट गरेर आफू कहिले पनि भेट्रान रिपब्लिकन सिनेटर जोन म्याकेनको ‘फ्यान’ नरहेको उल्लेख गरेका हुन् । जोन म्याकेनको सन् २०१८ मा निधन भएको हो ।
जोन म्याकेन राष्ट्रपति ट्रम्पको सार्वजनिक रुपमा आलोचना गर्ने सीमित रिपब्लिकन मध्ये एक थिए । आफ्नो आलोचना सहन नसकेका ट्रम्पले सार्वजनिक रुपमै भियतनाम युद्धका बेला म्याकेनले प्रदर्शन गरेको नायकीय भूमिकामाथि प्रश्न गरेका थिए र गर्दै आएका पनि छन् ।
मंगलबार अबेर ट्वीट गरेर जो बाइडेनलाई आफ्नो समर्थन दिने क्रममा सिन्डी म्याकेनले बाइडेन र आफ्ना श्रीमानबिच केही राम्रा वादविवाद भएको उल्लेख गरेकी छन् ।
My husband John lived by a code: country first. We are Republicans, yes, but Americans foremost. There’s only one candidate in this race who stands up for our values as a nation, and that is @JoeBiden.
— Cindy McCain (@cindymccain) September 22, 2020
उनले डेमोक्र्याटिक उम्मेदवार बाडेनले उठाएका मुद्धाहरुमा पूर्ण समर्थन नरहे पनि उनी ‘राम्रो र इमानदार व्यक्ति’ रहेको र देशलाई अहिले त्यस्तो व्यक्तिको खाँचो रहेको उल्लेख गरेकी छन् । आफूले रिपब्लिकन भन्दा पनि अमेरिकी भएर सोचेको र बाइडेनलाई समर्थन गर्ने निर्णय गरेको उनले उल्लेख गरेकी छन् ।
सिन्डीको ट्वीट पछि राष्ट्रपति ट्रम्पले ट्वीट गरेर ‘सी क्यान ह्याभ सिल्पी जो’ भनेका छन् । ट्रम्पले बाइडेनलाई सिल्पी जो भन्दै आएका छन् ।
I hardly know Cindy McCain other than having put her on a Committee at her husband’s request. Joe Biden was John McCain’s lapdog. So many BAD decisions on Endless Wars & the V.A., which I brought from a horror show to HIGH APPROVAL. Never a fan of John. Cindy can have Sleepy Joe!
— Donald J. Trump (@realDonaldTrump) September 23, 2020
ट्वीटमा ट्रम्पले लेखेका छन्, ‘सिन्डी म्याकेनलाई म मुश्किलले चिन्दछु । श्रीमानको आग्रहमा उनलाई एउटा समितिमा राखेको थिएँ ।’
सिन्डी म्याकेनले गएको महिना डेमोक्र्याटिक नेशलन कन्भेन्सनमा पनि सम्बोधन गरेकी थिइन् ।
जो बाइडेनले समर्थन पाएपछि ट्वीट गरेर सिन्डीलाई धन्यबाद दिएका छन् । उनले सिन्डीको समर्थनले आफू सम्मानित महसुस गरेको र उनका साथ तथा मित्रता महत्व अति रहेको बताएका छन्।
जोन म्याकेन सन् २००८ को राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । यस्तै उनी एरिजोनका सिनेटर थिए ।