डडेल्धुरा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी – डडेल्धुरा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण देखिएको थियो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १३ पुगेको छ ।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्