तरुण दल सुनसरीका पूर्वअध्यक्ष देवकोटालाई अमेरिकाबाट मिर्गौला उपचारका लागि दुई लाख सहयोग

काठमाडौँ- तरुण दल सुनसरीका पूर्वअध्यक्ष दुर्गा  देवकोटालाई मिर्गौला उपचारका लागि २ लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन भएको छ।

कांग्रेसका युवा नेता काठमाडौँ क्षेत्र नं.-३ का महासमिति सदस्य हरिबोल भण्डारी तथा नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा अमेरिकाबाट २ लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन गरिएको हो।

प्रवासमा बसेर पनि सहयोग गर्नेहरुलाई नेपाल तरुण दल केन्द्रीय समितिले धन्‍यवाद दिएको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिएका छन्।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्