आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १२, झापाका ४, भोजपुरका १, मोरङका ७३, संखुवासभाका ३, सुनसरीका १३, धनुषाका १०, पर्साका २३, बाराका ६, महोत्तरीका ४, रौतहटका ४, सप्तरीका १६, सर्लाहीका १, सिरहाका २३, काठमाडौँका ६०९, काभ्रेका १२, चितवनका १३७, दोलखाका ३, धादिङका ४, नुवाकोटका ८, भक्तपुरका ५१, मकवानपुरका २१, रामेछापका १, ललितपुरका ९५, सिन्धुलीका ५, कास्कीका ८, गोरखाका ९ र तनहुँका १७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपरासीपूर्वका १४, पर्वतका ६, म्याग्दीका १, लमजुङका २, बागलुङका १२, स्याङ्जाका ८, अर्घाखाँचीका ३, कपिलवस्तुका २, गुल्मीका ४, दाङका ९, नवलपरासीका १४, पाल्पाका ४, प्यूठानका ६, बर्दियाका २४, बाँकेका ५३, रुपन्देहीका ८६, दैलेखका २, सल्यानका ४, सुर्खेतका ३, अछामका १, कञ्चनपुरका ४, कैलालीका ४५, डढेलधुराका १, डोटीका ४, दार्चुलाका १, तथा बैतडीका १० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बिहीबार ४५७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ। ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २३२ जनाको आईसीयुमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्