अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको हृदयघातबाट निधन

अष्ट्रेलियाका पूर्व क्रिकेटर डिन जोन्सको बिहीबार मुम्बईमा हृदयघातका कारण निधन भएको छ। ५९ वर्षका जोन्स यतिबेला इण्डियन प्रिमियर लिग (आईपीएल)को क्रिकेट कमेन्ट्री प्यालनमा थिए। त्यसैका लागि उनी मुम्बई आएका थिए।

जोन्स सन् १९६१ मार्च २४ मा जन्मिएका थिए। उनले अष्ट्रेलियाका लागि खेलेका ५२ टेष्ट क्रिकेटमा ३ हजार ६ सय ३१ रन बनाएका थिए। जसमा ११ शतक सामेल छन्।

यस्तै एक दिवसीय क्रिकेटमा १६४ खेल खेलेका उनले ६ हजार ६८ रन बनाएका थिए। जसमा सात शतक र ४६ अर्धशतक सामेल छन्।

उनले अष्ट्रेलियाको राष्ट्रिय टिमबाट सन् १९८४ देखि १९९४ सम्म खेलेका थिए।

असोज ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्