बार्यन म्युनिखले जित्यो युइएफए सुपर कपको उपाधि

युरोपियन च्याम्पियन बार्यन म्युनिखले युइएफए सुपर कपको उपाधि जितेको छ। च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबिच हुने सुपर कपको उपाधि बार्यन म्युनिखले उचालेको हो।

बिहीबार राति भएको खेलमा च्याम्पियन्स लिग च्याम्पियन बार्यन म्युनिखले युरोपा लिग च्याम्पियन सेभिल्लालाई २–१ ले पराजित गरेको हो।

१३ औँ मिनेटमा पाएको पेनाल्टीमा ओक्याम्पोसले गोल गरी सेभिल्लालाई सुरुवाति अग्रता दिलाएका थिए। तर ३४ औँ मिनेटमा गोरेट्ज्काले बार्यन म्युनिखका लागि बराबरी गोल फर्काए।

त्यसपछि निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट थप गोल भएन र खेल अतिरिक्त समयमा धकेलियो।

१०४ औँ मिनेटमा मार्तिनेज एगुइनागाले गोल गरी बार्यन म्युनिखलाई जित दिलाए।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्