बारा र पर्साका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा १० जनासहित पर्सा र बारामा गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोशालामा बिहीबार राति कुल १ सय २५ जनाको स्वाब परीक्षण गरिएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए।

जसमध्ये वीरगञ्ज महानगरपालिकाका १० जना रहेका छन् । पर्साका १ सय ३ जनाको स्वाब परीक्षण गर्दा ११ जनामा र बाराका २२ जनाको स्वाब परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको चौरसियाले बताए।

संक्रमण देखिनेमा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ का एक जना, १० का दुई, वडा नम्बर १४, १५, १६ र २६ का एक–एक जना र वडा नम्बर २९ का तीन जना रहेका छन्।

यस्तै छिपहरमाई गाउँपालिका ५ का एक जनामा पनि संक्रमण देखिएको छ । बाराको सिम्रौनगढ नगरपालिका ४ का एक, पचरौता नगरपालिका ३ का एक र आदर्श कोतवाल गाउँपालिका ५ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्