श्रीनगरका चर्चित वकिलको गोली हानी हत्या

भारत प्रशासित श्रीनगरमा एक चर्चित वकिलको गोली हानी हत्या भएको छ।

द इण्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार बाबर कादरीले तीन दिन पहिले नै आफ्नो ज्यान खतरामा रहेको बताएका थिए।

अज्ञात हमलाकारीहरुले बिहीबार उनको गोली हानी हत्या गरेका हुन्। ती वकिलले मानवाधिकार उल्लंघनका कैयौँ घटनामा वकालत गरेका थिए।

कादरीमाथि श्रीनगरको हवाल इलाकामा उनकै घर नजिक हमला भएको हो।

आफूलाई कश्मीर समर्थक बताउने उनी भारत विरोधी नरहेको बताउने गरेका थिए।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्