भट्टेडाँडामा पहिरोमा घाइते भएका मजदुरलाई दुई दिनपछि हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ- ललितपुरको भट्टेडाँडामा पहिरोमा परी घाइते भएका चार जना मजदुरलाई दुई दिनपछि शुक्रबार बिहान उद्धार गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत ल्याइएको ललितपुर प्रहरी परिसर प्रमुख टेकप्रसाद राईले जानकारी दिए।

कान्तिपथ सडक निर्माणमा खटिरहेका मजदुरलाई बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडामा माथिबाट गएको पहिरोले किचेपछि घाइते भएका थिए। ‘ शुक्रबार दिनभर पानी परेकाले त्यहाँ हेलिकप्टर ल्यान्ड गर्न सकेन। हाम्रो प्रहरीको ९ जनाको टोलीले घटनास्थल पुगेर घाइतेलाई रुँघेर बसेको थियो’, एसएसपी राईले भने।

घाइतेमध्ये एक जनालाई नर्भिक र तीन जनाको चापागाउँस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। राईका अनुसार घाइते सबैको अवस्था खतरामुक्त रहेको छ। घाइतेलाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको थियो। गाडीहरु जान सक्ने अवस्था नभएकाले हेलिकप्टर लैजानु परेको एसएसपी राईले बताए।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्