उद्योग वाणिज्य महासंघको निर्वाचनलाई गृहको अनुमति, यी हुन् शर्तहरु

काठमाडौं- नेपाल उधोग वाणिज्य महासंघको मंसिरको दोस्रो साताका लागि तय भएको निर्वाचन साधारण सभाका लागि गृह मन्त्रालयले अनुमती दिएको छ। महासंघको गत साता बसेको बोर्ड बैठकले मंसिर ११ र १२ गते साधारण सभा गर्ने निर्णय गरेको थियो।

गृह मन्त्रालयले महासंघलाई साधारण सभा विधुतीय माध्यमबाट गर्न, मतदान गर्दा एकपटकमा २५ जनाभन्दा बढी जम्मा नहुन र सामाजिक दुरी काम गर्न निर्देशन दिँदै अनुमती दिएको छ। गत चैतमा तय भएको महासंघको साधारण सभा कोरोना भाइरसको महामारी र लकडाउनका कारण सर्दैसर्दै मंसिरमा पुगेको हो।

 

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्