चीनविरुद्ध जनकपुरमा पनि विरोध प्रदर्शन

जनकपुरधाम-नेपाली भूमिको अतिक्रमण गरेको भन्दै चिन विरुद्ध जनकपुरधाममा प्रदर्शन भएको छ।

प्रदेश २ को राजधानी जनकपुरधाममा युवा नेपाल समिति प्रदेश २ले बिरोध प्रदर्शन गरेको छ। नेपाली भूमि चिनले अतिक्रमण गरेको भन्दै चाइनीज अतिक्रमण बिरुद्ध बिरोध प्रदर्शन गरेको हो।

समितिको प्रदेश अध्यक्ष मोहन सिंहको नेतृत्वमा निस्केको बिरोध रैलीमा युवाहरुले ‘ब्याक अफ चाइना’, ‘चिनिया अतिक्रमण बन्द गर’, ‘मिचिएको नेपाली भूमि फिर्ता गर’, ‘चाइनिज सम्राज्य मुर्दावाद’ लगायतका नाराहरु लगाउँदै युवाहरुले विभिन्न चौकमा विरोध रैली निकालेका थिए। तिनीहरु परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिरुद्ध समेत नारा लगाएका छन्।

बिरोध रैली कोणसभामा परिणत भएपछि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चाइनिज अतिक्रमण बिरुद्ध नेपाल सरकार समेत मौन रहेको समयमा चाइनिज साम्राज्यवाद बिरुद्ध आफूहरु विरोध प्रदर्शन गर्न बाध्य भएको बताए।

त्यस्तै युवा सुशिल कर्णले नेपाली भूमि अतिक्रमण भइरहेको अवस्थामा समेत सरकारले चिनको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद रहेको बताए।

केही दिन अगाडी मात्रै नेपालको हुम्ला जिल्लास्थित ल्याप्चामा चीनले केहि भवन निर्माण गरेको सामाचार बाहिरीएको थियो। यद्यपी सरकारले चीन तर्फ कुनै सिमा विवाद नरहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले स्पष्ट पारेका थिए।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्