महालक्ष्मी नगरपालिकाका प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि

ललितपुर- महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्‍नी दुवैमा पुनःदोस्रो पटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उनीहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठले जानकारी गराएका हुन्।

यस्तै बिहीबार नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँका धर्मपत्नी गङ्गामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन्।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्