बुटवलमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

बुटवल– बुटवलमा उपचाररत एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल–१० का ७२ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार ती पुरुषमा मिर्गौलाको समस्या थियो।

असोज ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्