फाेटाे फिचर

डा. केसीका समर्थकमाथि प्रहरीको धरपकड (तस्बिरहरु)

काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गरी सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार पनि काठमाडौँमा प्रदर्शन भएको छ ।

१९ औँ पटकको सत्याग्रहमा बसेका डा. केसीको अनशनमा बसेको शनिबार १३ औँ दिन हो । युवाहरुले उनको सत्याग्रहको समर्थनमा माइतीघरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले प्रदर्शनकारीलाई धरपकड गरेको छ।

प्रदर्शनको तयारी गरिरहेका बेला युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो। युवाहरुले ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ सहितका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शनको तयारी गरेका थिए।

असोज १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्