फोटो फिचर

बझाङकी बालिका हत्याका दोषीलाई सजाय माग्दै राजधानीमा निरन्तर प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा युवाहरु सशक्त रुपमा प्रदर्शनमा उत्रिएका छन्।

काठमाडौँको माइतीघर मण्डलामा शनिबार युवाहरुले कालोपट्टी बाधेर ‘सरकार बलात्कारीलाई फासी दे’, ‘सरकार देखाऊ इच्छा, पीडित महिलाको सुरक्षा’, ‘हिंसा गर्न पाइदैँन’, ‘कार्यान्वयन नहुने न्याय चाहिदैन’, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

युवाहरुले यस्ता हिंसामा परेका सबै पीडितले न्याय पाउनुपर्ने सरकारसँग माग गरेका छन्। यस्तै संयुक्त दलित युवा संघर्ष समितिले पनि सम्झनाको न्यायका लागि प्रदर्शन गरेको छ।

हजुरबुबासँग बस्दै आएकी सम्झनाको शव गएको बुधबार घर नजिकैको मन्दिरमा फेला परेको थियो। प्रहरीले सम्झनाको बलात्कारपछि हत्या भएको अनुमान गरेको भए पनि रिपोर्ट आउन भने बाँकी छ।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका तस्बिरहरु: